काठमाडौं स् नागरिक उन्मुक्ति पार्टी नेपाल र जेनजी २।० बीच पार्टी एकता भएको छ। सिनामंगलस्थित नाउपा नेपालको पार्टी कार्यालयमा दुई पार्टीबीच ६ बुँदे सहमति भएको हो। सहमति पत्रमा नाउपा नेपालका तर्फबाट रेशम चौधरी र जेनजी २।० का तर्फबाट संरक्षक डा। हरि कार्कीले हस्ताक्षर गरेका छन्।
नाउपा नेपालका संरक्षक रेशम चौधरीका अनुसार जेनजी ०।२ ले विभिन्न ४७ क्षेत्रमा जाँतो चुनाव चिन्हबाट चुनाव लड्नेछन्। एकता कार्यक्रमलाई सम्बोधन गर्दै संरक्षक रेशम चौधरीले नयाँ शक्तिहरुलाई एकतामा आउन आह्वान गरे। उनले रवि लामिछाने, बालेन्द्र शाह, कुलमान घिसिङलाई पनि चुनावी सहकार्यका लागि आह्वान गरे।