सिद्धार्थ टाईम्स संवाददाता । कपिलवस्तु
कपिलवस्तु जिल्लाकोे सदरमुकाम तौलिहवा देखि १२ कि.मी.पूर्व दक्षिणी भेगमा अवस्थित मायादेबि गाउँपालिकाका ८ वटै वडाहरुमा विगत १ वर्ष देखि समुदाय स्तरमा संचालन हुने गाउँघर क्लिनिक बन्द अवस्थामा रहेको थियो। नियमित गर्भ जाँच, सामान्य उपचार सेवा समेत ठप्प रहेका कारणले गर्भ अवस्थामा रहेका १००० दिनका आमा अर्थात गर्भवतीहरु आफ्नै वडाका टोल बस्तीमा हुने चेक जाँचबाट समते बन्चीत रहेको अवस्था थियो ।

BMZ को आर्थिक सहयोग कालिका स्वावलम्बन सामाजिक केन्द्र र फरवार्ड नेपालको संयुक्त साझेदारीमा संचालित सुधारीएको खाद्य प्रणाली परियोजना मार्फत पटक पटक गाउँपालिका संग, स्वास्थ्य शाखा संग, वडा कार्यालय र स्वास्थ्य चौकीका प्रतिनिधिहरु संग नियमित भेटघाट सम्पर्क समन्वयमा रहि गाउँघर क्लिनीक जस्तो संवेदनशील कार्यक्रमलाई सुचारु र नियमित गराउनका लागी दैनिकि लागि परिरहेका थियौ र प्रत्येक स्वास्थ्यकर्मी संग प्रत्यक्ष भेट गरी गाउँघर क्लिनीक संचालनमा ल्याउनका लागि सम्पर्क र समन्वयमा लागेका थियो। पटक पटकको भेटघाट र सम्पर्क समन्वयबाट पनि यस गाउँघर क्लिनीक संचालन हुन नसकेकाले आमा गर्भवती महिलाहरु आफ्नो संवेदनशिल स्वास्थ्य अवस्थाको चेक जाँच र सामान्य उपचार गराउन बन्चीत रहेका थिए ।

यस परियोजनाबाट गाउँघर क्लिनिक संचालन गराउनका लागि समुदाय स्तरको र वडा स्तरको सामुदायिक अंक तालिका कार्यक्रम गरियो । वडा कार्यालय र स्वास्थ्य चौकी देखि टाढा पहुँच पुग्न अलि कठिन टोल बस्तीका सेवा ग्राहि संगको कार्यक्रम संचालन गरि ११ वटा सुचकहरुमा छलफल गरि सेवाग्राहिहरुबाट आएका सुचकहरूको अंकभारलाई छलफल गर्दै वडा स्तरिय सामुदायिक अंकतालिका जस्ता कार्यक्रमहरु निरन्तर गर्दै आईरहेको र पटक पटक गाउँपालिका र स्वास्थ्य शाखा वडा र स्वास्थ्य चौकी संग निरन्तर सम्पर्क समन्वय गर्दै जाँदा सकारात्मक ढंगले महशुस हुन गएको र स्वास्थ्यका सुचकहरुमा पनि अत्यन्तै कमजोर हुदै गएकाले सेवाग्राहीहरु स्वास्थ्य जाँचबाट निकै नै बन्चीत भएका थिए भन्ने प्रष्ट भएका कारणले यस परियोजनाबाट पटक पटक घचघच्याईरहदा र पूर्ण सहयोगको कारणले हाल मायादेवी गाउँपालिका का ८ वटा वडाका स्वास्थ्य चौकीमा गाउँघर क्लिनीक संचालनमा आएका छन र स्वास्थ्यका सुचकहरु पनि बढेको पाईन्छ । साथै गर्भवतीहरूले आफ्नो टोलबस्तीमा गर्भजाँचको सेवा सहज तरिका बाट लिन पाएका छन ।

सामान्य उपचार गर्नका लागि सेवा ग्राहीहरू स्वास्थ्य संस्थामा नै जानु परेको छैन । सो परियोजनाको पहल बाट गर्भ जाँचको संख्या दिन प्रतिदिन बढेको पाइएको छ । र १००० दिनका आमाको स्वास्थ्य बारे जानकारी लिन पनि पाएका छन् । हाल सेवाग्राहीहरूलाई गाउँघर क्लिनीक संचालनमा आउनाले स्वास्थ्य जाँचमा सहजता आएको सेवाग्राहीहरु बाट जानकारी पाईएको छ ।