कपिलवस्तु दर्पण संवाददाता ।
कपिलवस्तु । कपिलवस्तुको शुद्धोधन गाउँपालिका वडा नम्बर २ हरनामपुर गाउँका ५० जना कृषक अर्गानिक खेती गर्न सुरुवात गरेको छन् । पहिला रासायनिक खेती गर्दै आएकोमा अहिले भने अर्गानिक खेती तर्फ आकर्षित भएको एक जना कृषक विक्रम चौधरीले बताए । हरनामपुर स्थित विक्रम चौधरीको खेत हरियो साग सब्जीले भरिएको छ । आफनो खेतलाई अर्गानिक खेतीको रुपमा बिकसित गरी उनले बिभिन्न किसिमका मौसमी तरकारी खेती गरेका छन ।

१ कठ्ठाबाट अर्गानिक सुरु गरेको चौधरीले बताए । १ कठ्ठा खेतमा उनले फुलगोभी, बन्दा गोभी साग भान्टा, धनिया, टमाटर, खुर्सानी लगायतको हरियो सागसब्जी लगाएको छन । तरकारी उत्पादनका लागि उनले आफैले पातपतिगंर र गोबरबाट बनाएको भर्मिक मल प्रयोग गर्छन । यस्तै बिषादीकारुपमा आफैले घरमा निर्माण गरेको झोलमोल प्रयोग गर्छन । २ बर्ष अघि सम्म सामान्यरुपमा रासायनिक खेती गरेको विक्रमले एक बर्ष अघि देखि भने अर्गानिक खेती तरकारी लगाउदै आएको बताउछन ।

एक बर्ष अघि सम्म अर्गानिक खेतीको बिषयमा खासै जानकारी नभएको उनी अहिले भने हरियो सागसब्जी खादा शरीरलाई ताकत मिल्ने र अर्गानिक साग सब्जीले स्वास्थ्यमा कुनै प्रकारको असर नपु¥याने उनले बताउछन् । ‘खेतमा तरकारी फलेको छ यस्तै तरकारीबाट पोषक तत्व पाईन्छ, बिषदी पनि हालेको छैन, रासायिनि मलको नि प्रयोग गरेको छैन’ खेतमा फेलको हरियो तरकारी देखाउदै उनले भने । एनपीएल÷१०८३÷०२२ बिएमजेड÷डब्लु एच एचर फारबार्ड नेपालको सहयोगमा कालिका स्वालम्ब सामाजिक केन्द्रको अगुवाईमा संचालित सुधारिएको खाद्य प्रणाली परियोजना मार्फत विक्रमले अर्गानिक खेती गर्ने तालिम पाएका हन् ।

उनी जस्तै हरनामपुरका २५÷२५ जना कृषकको २ समुह बनाई कुल ५० जना कृषकले अर्गानिक खेती गर्ने तालिम लिएको बिक्रम चौधरीले बताए । बीउ बिजन र प्राबिधिक सहयोग तथा अर्गानिक खेती सम्बन्धी सचेतना पाए पछि आफुले अर्गानिक साग सव्जीको खेती गर्न सुरुवात गरेको चौधरीले बताए । विक्रम जस्तै शुद्धोधन २, हरनामपुरका ५० जना कृषकले अर्गानिक खेती गर्ने तालिम लिएका थोर बहुत सबैले अर्गानिक खेती गर्न सुरु गरेको परियोजनाका नागरिक समाज परिचालन तथा वकालत अधिकृत अशोक चन्द्र लम्सालले बताए ।